काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् एवं पूर्वमन्त्री मोहम्मद अफताब आलम पक्राउ परेका छन्।
२०६४ को संविधानसभाको निर्वाचनका बेला भएको बम विस्फोटमा संलग्न रहेको भन्दै प्रहरीले आलमलाई पक्राउ गरेको हो।
रौतहटको क्षेत्र नम्बर २ बाट सांसद्बाट निर्वाचित आलम कांग्रेसका पूर्वकेन्द्रीय सदस्य पनि हुन्।
रौतहटका एसपी भुपेन्द्र खत्रीका अनुसार उनलाई रौतहटकै शेखइर्दिस गेटबाट जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४