शनिबार, साउन ३०, २०८३

आज पनि साढे २ घण्टा सबै उडान ठप्प हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङका लागि आज (आइतबार) पनि साढे २ घण्टा नेपाली आकाश ठप्प पारिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान बिहान ११ बजेर २० मिनेटदेखि १ बजेर ५० मिनेटसम्म ठप्प पार्न लागिएको हो ।
 
शनिबार दिउँसो करिब ४ बजेर ४५ मिनेटमा नेपाल आइपुगेका सी आज मध्यान्ह साढे १२ बजे स्वदेश फर्किने कार्यक्रम छ ।

उनी स्वदेश फर्किने समय भन्दा करिब १ घण्टा अगाडीदेखि नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रोक्न लागिएको विमानस्थल प्रशासनले जनाएको छ ।
 
चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदा शनिबार पनि विमानस्थल अढाई घण्टा बन्द भएको थियो। उनका सवारी गुड्ने सडक पनि खाली गरिएको थियो । आज पनि उनी हिड्ने सडक खाली गराइने भएको छ ।
 
सीको सुरक्षालाई केन्द्रित गर्दै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ भने उनको स्वागतका लागि आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।