काठमाडौं- नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रपति सी चिनफिङसँग सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका नेताले सामूहिक भेटवार्ता गरेका छन्।
भेटवार्तामा दुई देश र दुई कम्युनिस्ट पार्टीको पारस्परिक हित प्रवर्द्धनका विषयमा छलफल केन्द्रित भएको सचिवालयले जनाएको छ।
नेकपाका नेतासँगको सामूहिक भेटवार्तापछि राष्ट्रपति सीले पार्टी अध्यक्ष पुष्पकमल दाहालसँगै छुट्टै भेटघाट गर्ने कार्यक्रम तय भएको छ।
आजै दुई देशबीच विभिन्न सहमति र समझदारीमा हस्ताक्षर हुनेछ।
दुई दिने राजकीय भ्रमणमा शनिबार नेपाल आएका सी आज मध्याह्न स्वदेश फर्कनेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४