काठमाडौं- दुई दिवसीय राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौं आइपुगेका छन्।
चिनियाँ राष्ट्रपति सीलाई नेपालका समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरिन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरूलगायत विमानस्थल पुगेका थिए।
उनलाई नेपाली सेनाले विमानस्थलमै सलामी प्रदान गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति सी होटल सोल्टी गएका छन्। सोल्टीमा एकछिन आराम गरेपछि उनी समकक्षी भण्डारीसँग शितल निवासमा भेटघाट गर्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४