शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसदेखि राजपासम्मका नेतालाई भेट्दै राष्ट्रपति सी

कांग्रेसदेखि राजपासम्मका नेतालाई भेट्दै राष्ट्रपति सी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं : दुई दिवसीय राजकीय भ्रमणमा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालका शीर्ष नेताहरुसँग भेट्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा र सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक्ला एक्लै भेट्ने कार्यक्रम रहेको छ।

सभापति देउवासँग शनिबार साँझ ७ बजे पछि राष्ट्रपति सीले होटल सोल्टीमा भेट्ने छन्। त्यसपछि प्रतिपक्षी दल राजपाका नेताहरुलाई ७:४५ बजेपछि होटल मै भेट्ने छन्।

राजपाको तर्फबाट अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, राजकिशोर यादव र लक्ष्मणलाल कर्णले सीलाई भेट्ने छन्।

त्यसैगरी शनिबार साँझकै डिनरपछि समाजवादी पार्टीका अध्यक्ष द्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले पनि सीलाई होटल मै भेट्ने छन्।

आइतबार होटल मै नेकपाका अध्यक्ष प्रचण्ड र राष्ट्रपति सीबीच १०:४७ बजे भेटघाटको कार्यक्रम तय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन्। नेकपाका माधव नेपाल, झलनाथ खनाल र सचिवालयका अन्य सदस्यहरुबीच पनि सामुहिक भेटघाट हुने कार्यक्रम रहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।