शनिबार, साउन ३०, २०८३

१९ दिन ढिलो गरि आजबाट बाहिरियो मनसुन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- औसतभन्दा १९ दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिएको छ । १० दिन ढिला गरि भित्रिएको मनसुन १९ दिन ढिलै गरी आज (शनिबार) बाट बाहिरिएको हो।

पश्चिमी वायुले मनसुनी वायुलाई विस्थापित गरेकाले आजदेखि नेपालबाट मनसुन बाहिरिएको मौसमविद्हरुले बताएका छन् । 

यस वर्ष मनसुन जुन २० मा भित्रिएको थियो । सामान्यतया मनसुन जुन १० मा भित्रिने गर्छ भने सेप्टेम्बर २३ मा बाहिरिने गर्छ। तर केही वर्षदेखि नेपाललगायत देशमा मनसुनी गतिविधि ढिलै सुरु हुने र ढिलै हट्ने क्रम बढ्दै गएको मौसमविद्को भनाइ छ।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान बुलेटिन जारी गर्दै भनेको छ-  'यस वर्ष पूर्वी नेपालमा जुन २० मा आगमन भएको मनसुन १२ अक्टोबरमा बाहिरिएको छ। यो आगमन औसतभन्दा १० दिन ढिलो हो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो हो। औसतमा पूर्वी नेपालमा १० जुनमा र काठमाडौंमा १२ जुनमा मनसुनी वायु आइपुग्ने गर्छ।'

मनसुन बाहिरिए पनि दुई महिनासम्म भने पहिले धेरै पानी परेका स्थानमा घामको तापले वाफ उडेर आकाशमा गई बादल बन्ने र सीमित स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।