शनिबार, वैशाख १२, २०८३

रोनाल्डो सात सय गोल नजिक  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो फुटबल करियरकै ७ सय गोल नजिक पुगेका छन्। शुक्रबार राति भएको युरोकप छनोटमा लक्समवर्गविरुद्ध भएको खेलमा एक गोल गर्दै उनी आफ्नो ७ सय गोलको नजिक पुगेका हुन्। उनले ६ सय ९९ गोल पूरा गरेका छन्। यससँगै रोनाल्डोले पोर्चुगिज राष्ट्रिय टोलीका लागि ९४ औं गोल समेत पूरा गरेका छन्।

सन् २०२० मा आयोजना हुने युरोकप छनोटमा पोर्चुगलले लक्समवर्गमाथि ३-० गोलको सहज जित निकाल्दा रोनाल्डोले एक गोल गरेका थिए। त्यस्तै पोर्चुगलको जितमा बेर्नार्डो सिल्भा र गोन्कालो गुएडेसले पनि एक–एक गोल गरेका थिए। घरेलु मैदानमा सिल्भाको गोलबाट पोर्चुगलले १६ औं मिनेटमा अग्रता बनाएको थियो। ६५ औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै पोर्चुगलको अग्रता २-० को बनाए। त्यसपछि खेलको ८९ औं मिनेटमा गुएडेसले गोल गर्दै पोर्चुगललाई ३-० को जित दिलाए। 

जितसँगै पोर्चुगल युरोकप छनोट नजिक पुगेको छ। समूह ‘बी’को पोर्चुगलले ५ खेलमा ११ अंक जोडेको छ। र, समूहको दोस्रो स्थानमा छ। लक्समवर्ग ६ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा छ। यस समूहमा युक्रेन ६ खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा छ। युक्रेनले शुक्रबार राति लुथनियालाई २-० ले हराएको छ।

– एजेन्सी 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।