शनिबार, साउन ३०, २०८३

सीका लागि साढे दुई घन्टा विमानस्थल ठप्प

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा र जाँदा साढे दुई घन्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल बन्द हुने भएको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले नोटाम जारी गर्दै शनिबार र आइतबार साढे दुई घन्टा विमानस्थल बन्द हुने जनाएकाे छ। नोटाम भीआईपीको आगमनपूर्व उडान तथा अवतरणमा पर्न सक्ने सम्भावित प्रभावबारे एयरम्यानलाई जानकारी दिन जारी गरिने सूचना हो। नोटाम अनुसार विमानस्थल शनिबार दिउँसो २ः५५ देखि साँझ ५ः२५ सम्म र आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म विमानस्थल बन्द हुनेछ। 

कार्यालयले यसबीचमा प्रभावित हुने सबै उडानको तालिका समेत सार्वजनिक गरेको छ।  

राष्ट्रपति सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि भारतबाट एयर चाइनाको विमानमा शनिबार नेपाल आउँदैछन्। उनी आइतबार स्वदेश फर्कने कार्यक्रम छ। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।