शनिबार, साउन ३०, २०८३

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक ११ जनाको सनाखत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउने ११ जनाको सनाखत भएको छ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा इन्द्रावती गाउँपालिका-९ की जुनादेवी लम्साल, मेलम्ची नगरपालिका-१३ का गणेश तामाङ, बाह्रविसे नगरपालिका-७ का समिता श्रेष्ठ, इन्द्रावती-१० की सुनिता पुर्कोटी, सोही ठाउँका सुवास अधिकारी र मीना मगर छन्।

दुर्घटनामा काभ्रे, बनेपा घर भएका बसचालक केदारनाथ महाजु, पाँचखाल नगरपालिका-६, काभ्रेकी संगीता पुर्कोटी, इन्द्रावती-९ का हीरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र इन्द्रावती-१० का रितेश आचार्यको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।  

सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बा२ख २७१५ नम्बरको बस सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो। दुर्घटनामा ५ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा ज्यान गएको थियो। दुर्घटनामा घाइतेमध्ये २० को अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।