शनिबार, साउन ३०, २०८३

महिला साफ यू–१५ फुटबल : नेपाल बंगलादेशसँग पराजित 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भुटानमा जारी तेस्रो संस्करणको महिला साफ यू-१५ च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। भुटानको थिम्पुमा शुक्रबार भएको खेलमा नेपाल बंगलादेशसँग २-१ गोलले पराजित भएको हो।

साविक विजेता समेत रहेको बंगलादेशलाई जित दिलाउन शहिदा अक्तेर रिपा र शम्सुन्नाहरले एक-एक गोल गरे। नेपालका लागि अमिशा कार्कीले एक गोल फर्काइन्।

खेलको १२ औं मिनेटमा शहिदा अक्तेरले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। २५ औं मिनेटमा शम्सुन्नाहरले पेनाल्टीमा गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० को अग्रता दिलाइन्। पेनाल्टी क्षेत्रभित्र नेपाली खेलाडीले फाउल गरेपछि पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्दै शम्सुन्नाहरले गोलमा परिणत गरेकी हुन्। 

नेपालका लागि खेलको ६४ औं मिनेटमा अमिशा कार्कीले एक गोल गर्दै नेपाली टोलीलाई खेलमा फर्काउने प्रयास गरिन्। तर, नेपालले थप गोल गर्न नसक्दा बंगलादेशसँग २-१ ले पराजित हुन पुग्यो। नेपालका लागि अमिशाले निकिता थोकरको लामो पासमा बललाई नियन्त्रण गर्दै करिब २४ यार्डबाट उत्कृष्ट गोल गरेकी हुन्। 

जारी प्रतियोगितामा नेपालको यो दोसो हार हो। यसअघि नेपाल भारतसँग ४-१ ले पराजित भएको थियो। हारसँगै नेपाल प्रतियोगिताबाट लगभग बाहिरिएको छ। अब नेपालले लिगको अन्तिम खेल आयोजक भुटानसँग आइतबार खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।