शनिबार, साउन ३०, २०८३

फुटबल टोली अस्ट्रेलियाबाट जोर्डन प्रस्थान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोली अस्ट्रेलियाबाट शुक्रबार जोर्डन प्रस्थान गर्दैछ।

फिफा विश्वकप छनोटअन्तर्गत एसिया दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गर्न लागेको हो। 

नेपालले सुरुवाती तीन अवे खेल खेलिसकेको छ। समूह ‘बी’ मा रहेको नेपालले असोज २८ गते आफ्नो अन्तिम अवे खेल खेल्दै छ। नेपाल र जोर्डनबीचको खेल अम्मान अन्तर्राष्ट्रिय रंगशालामा असोज २८ गते राती ९ः४५ बजे सुरु हुने छ। उक्त खेलका लागि नेपाली टोली शनिबार जोर्डन पुग्नेछ। 

यसअघि नेपाल र जोर्डनले सन् २०११ मा विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए। छनोटको खवे खेलमा नेपाल जोर्डनसँग ९-० ले पराजित भएको थियो भने घरेलु मैैदानमा १-१ को बराबरी खेलेको थियो। 

समूह ‘बी’ मा नेपालले पहिलो खेल कुवेतसँग ७-० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेसँग २-० को जित निकालेको थियो। त्यस्तै तेस्रो अवे खेलमा नेपाल बलियो टोली अस्ट्रेलियासँग ५-० गोलले पराजित भएको थियो। जोर्डनसँगको अन्तिम अवे खेलपछि नेपालले बाँकी चार खेल घरेलु मैदान दशरथ रंगशालामा खेल्ने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।