काठमाडौं- सिन्धुपाल्चोकमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ।
सिन्धुपाल्चोकबाट काठमाडौंतर्फ आउँदै गरेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका-१०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान दुर्घटनाग्रस्त भएको थियो।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा परी ५ जनाको घटनास्थलमै र ६ जनाको उपचारका क्रममा ज्यान गएको छ।
दुर्घटनामा ज्यान गुमाउनेमध्ये दुई जनाको मात्रै सनाखत भएको प्रहरीले जनाएको छ। जसमा इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङ छन्। अन्यको अझै पहिचान हुन सकेको छैन।
दुर्घटनामा परी ४० भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको छ।
प्रत्यक्षदर्शीलाई उध्दृत गर्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष मने माझीले बसको ब्रेक फेल हुँदा दुर्घटना भएको बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४