शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपति सीको विरोध गर्न पाउनुपर्ने माग गर्दै निवेदन

राष्ट्रपति सीको विरोध गर्न पाउनुपर्ने माग गर्दै निवेदन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दुई दिवसीय नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको विरोध गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन परेकाे छ। 

मानव अधिकार तथा शान्ति समाजले सी भ्रमणको समयमा चिनियाँ भीसा काउन्सिल कार्यालय, हात्तीसार अगाडि शान्तिपूर्ण विरोध कार्यक्रम गर्न पाउनुपर्ने माग गर्दै बिहीबार निवेदन दिएको हो।

समाजका केन्द्रीय युवा संयोजक बिपी पौडेलले हस्ताक्षर रहेको निवेदनमा भनिएको छ, ‘उत्तर कोरियाको परमाणु अस्त्र निशस्त्रीकरणमा चीनले रहस्यात्मक भूमिका खेलेको, जलवायु परिवर्तन गर्नमा बढी कार्बन उत्पादन गरेको र लिपुलेकबाट नाका खोल्ने सम्बन्धमा नेपालको सहमतिबिना भारतसँग सम्झौता गरेको कारणले चीनको विरोध गर्नुपर्ने हुन्छ।’

यसअघि नेपालमा चीनबाट उच्च भ्रमण हुँदा तिब्बती शरणार्थीले विरोध गर्दै आएका थिए।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार काठमाडौं आउँदैछन्।


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।