शनिबार, साउन ३०, २०८३

महराको सेवासुविधा खोसियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सांसद पदबापत पाउँदै आएको सेवा सुविधा खोसिएको छ। 

संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बिहीबार सूचना जारी गर्दै महराको सेवा सुविधा खोसिएको जनाएका छन्।  

‘महानगरीय प्रहरी वृत, नयाँ बानेश्वर, काठमाडौंको गत असोज १९ गतेको प्राप्त पत्रबाट जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालीन सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतबाट गत असोज १९ गते पक्राउ अनुमति प्राप्त भई काठमाडौं-४, बालुबाटारस्थित सभामुख निवासबाट उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा नेपालको संविधानको धारा १०३ को उपधारा ६ बमोजिम नियन्त्रणमा लिइएको व्यहोरा प्रतिनिधिसभाका माननीय उपसभामुखलाई जानकारी गराइएको हुँदा प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ को उपनियम ३ को प्रयोजनको लागि सोही नियमावलीको नियम २४४ को उपनियम २ बमोजिम यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।  

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले उनीविरुद्ध प्रहरीमा यौन दुव्र्यवहारको उजुरी दिएकी थिइन्। त्यसपछि उनी असोज गत १९ गते पक्राउ परेका थिए। 

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।