शनिबार, साउन ३०, २०८३

'चीन, भारत र अमेरिकासँग समान सम्बन्ध हुनुपर्छ'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका विषयमा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले विभिन्न सुझाव दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईसँग सरकारलाई ६  बुँदे सुझाव दिएका हुन्। आफ्ना सुझावलाई भट्टराईले ट्विटरमार्फत सार्वजनिक गरेका छन्। चीन, भारत र अमेरिकासँग समानान्तर सम्बन्ध राख्नुपर्ने उनको भनाइ छ।

भट्टराईका सुझाव जस्ताको तस्तै :

महामहिम चिनियाँ राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको सन्दर्भमा सरकारले मागेअनुसार यस्तो सुझाव दिइयो।

१‍‍. मुख्यत: चीन, भारत र अमेरिकाको नेपालमा बढ्दो चासोलाई अवसरका रूपमा लिने, तीनवटैसँग समानान्तर सम्बन्ध राख्ने, गतिशील शान्तिवाद र तटस्थताको नीति लिने, बिआरआई र आइपिएस दुवैबाट लाभ लिने, भारत-चीनबीच, आर्थिक सेतुको रूपमा विकास गर्ने
२. चीनसँग रेल, सडक आदि कनेक्टिभिटी विस्तारमा जोड दिने, रेल बनाउँदा ऋणजालमा नफस्ने, अनुदान र ऋणको सन्तुलन मिलाउने, सडकमा बढी जोड दिने, कर्णाली-गण्डकी-कोसी कोरिडोरलाई प्राथमिकता दिने,
३. ऋण र अनुदान भन्दा औद्योगिक लगानी, व्यापार, पर्यटनमा ज़ेड दिने
४. सुपुर्दगी सन्धि चीनसँग मात्र तत्काल नगर्ने,
५. लिपुलेकको त्रिदेशीय व्यापार मार्गमा भारत-चीनले मात्र सम्झौता गरेकोमा सच्याएर त्यसमा नेपाल पनि जोडिनुपर्ने,
६. सन्१९६०को नेपाल-चीन मैत्री-सन्धि अध्यावधिक गर्ने प्रस्ताव चीनले राखेको भए दुवै पक्षको हितमा संशोधन गर्ने
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।