शनिबार, साउन ३०, २०८३

प्रिन्सको भारतका दुन्नानसँग उपाधि भिडन्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालका उदयीमान खेलाडी प्रिन्स दाहाल लिनिङ दक्षिण एसियाली यु-२१ रिजनल ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलमा उपाधि नजिक पुगेका छन्। प्रिन्सले उपाधिका लागि प्रतियोगितामा तेस्रो वरीयताप्राप्त भारतका सराथ दुन्नानको सामना गर्ने भएका छन्।

दुबई इन्टरनेसनलका विजेतासमेत रहेका प्रिन्सले प्रतियोगितामा चौथो वरीयताप्राप्त श्रीलंकाका रन्थुस्का ससिन्दुलाई १६-२१, २१-१५ र २१-१८ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्। 

पुरुष एकलमै नेपाली खेलाडी प्रफुल महर्जन भने दुन्नानसँग क्वाटरफाइनलमा १८-२१, २१-१४ र २०-२२ को प्रतिस्पर्धात्मक खेलमा पराजित भए। 

महिला एकलतर्फ भने नेपाली खेलाडी पहिलो चरणबाट नै बाहिरिए। 

पुरुष युगलतर्फ प्रिन्स र प्रफुलको जोडी पाकिस्तानी खेलाडीसँग क्वाटरफाइनलमा पराजित भए। यसैगरी, महिला युगलमा रशिला महर्जन र जेशिका गुरुङको जोडी भारतीय खेलाडी दीपशिखा सिंह र मानषी सिंहको जोडीसँग क्वाटरफाइनलमा पराजित भएका थिए।

प्रतियोगितामा नेपाली टोलीले अहिलेसम्म तीन कास्य पदक पाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।