काठमाडौं - चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबारे शीर्ष नेताबीच छलफल भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीसँग छलफल आयोजना गरेका हुन्।
नेताहरूसँग प्रधानमन्त्री ओलीले चिनियाँ पक्षसँग सरकारले गर्ने वार्ता, मुख्य एजेन्डा, द्विपक्षीय सम्बन्ध थप उचाइमा पुर्याउने अब खेल्नुपर्ने भूमिकाका बारेमा परामर्श गरेको बुझिएको छ।
प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसँग छलफल गरेका हुन्।
छलफलमा पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरु पनि सहभागी थिए। -
रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४