शनिबार, साउन ३०, २०८३

चिनियाँ राष्ट्रपतिकाे भ्रमण : यस्ता छन् एजेन्डा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालको राजकीय भ्रमणमा शनिबार आउँदै छन्।  सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति चियाङ जमिनले नेपाल भ्रमण गरेपछि अहिलेसम्म चिनियाँ पक्षबाट राष्ट्रपतिस्तरको भ्रमण भएको छैन।

त्यसैले याे भ्रमणलाई दुवै देशले निकै महत्त्व दिएका छन्। दुई तिहाइकाे वर्तमान नेकपा सरकारले  चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमणलाई निकै प्रतिष्ठाकाे विषय बनाएकाे छ।

नेपालका तर्फबाट भने पूर्वराष्ट्रपति रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गरिसकेका छन्। २३ वर्षको बीचमा चीन उदीयमान शक्तिका रूपमा स्थापित हुने क्रममा छ। यस्तो अवस्थामा चीनसँग सहयोगको अपेक्षा राख्नु स्वाभाविकै हो।

राष्ट्रपति सी दोस्रो कार्यकालमा छन्। त्यस्तै नेपालमा केही समयअघिदेखि सी पथको चर्चा हुन थालेको छ। यहाँका कम्युनिस्टका उच्चस्तरीय नेताहरूले सी पथबारे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखसँग प्रशिक्षण नै लिइसकेका छन्।

यस्तो अवस्थामा सरकारले राष्ट्रपति सीसँग गर्ने वार्ता निकै महत्त्वपूर्ण हुने विश्लेषकहरू बताउँछन् । रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइन जस्ता पूर्वाधार निर्माणमै वार्ता केन्द्रित हुने अधिकारी बताउँछन् । सरकारले  तयार पारेको एजेन्डा यस्ता छन् :
  • बीआरआईअन्तर्गत चीन सरकारले गर्ने सहयोग
  • केरुङ–काठमाडौं सडक स्तरोन्नति
  • अरनिको राजमार्ग थप व्यवस्थित
  • राजधानीको चक्रपथको स्तरोन्नति 
  • बाहिरी चक्रपथ निर्माण
  • तातोपानी र रसुवागढी नाका स्तरोन्नति
  • किमाथान्का–धनकुटा–हिले सडक निर्माण
  • टोखा–छहरे सुरुङमार्ग
  • रेलमार्ग निर्माण
  • गल्छी–रसुवागढी–केरुङ प्रसारण लाइन 
  • कर्णाली जलविद्युत् आयोजना


चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने             
हाेला त ऊर्जा क्षेत्रमा सहकार्य ?
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।