शनिबार, साउन ३०, २०८३

चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जनाएको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी नेपाल आउन लागेका छन् । 

भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नेछन्। यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ। सोही क्रममा केही सम्झौतामा हस्ताक्षर पनि हुने बताइएको छ। 

सीले नेपालका वरिष्ठ नेतासँग पनि भेट गर्ने जनाइएको छ ।

करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। भ्रमणका क्रममा सीलाई सरकार विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ। यो सुरक्षा व्यवस्थामा बुलेट प्रुफ गाडी तथा विशेष तालिम प्राप्त ३६ कमाण्डोको समूह रहने अभ्यास छ।

सीले चीनबाटै पनि सुरक्षाकर्मी ल्याउने बताइएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।