शनिबार, साउन ३०, २०८३

राष्ट्रपतिबाट टीका ग्रहण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४


काठमाडौं - हिन्दूहरुको महान् चाड बडा दसैंको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ। 
राष्ट्पति विद्यादेवी भण्डारीले शीतल निवासमा हनुमानढोकाका मूल पूजारीबाट टीका र प्रसाद ग्रहण गरेकी छन्। यस्तै उनले आफन्तबाट टीका ग्रहण गरेकी छन्। 

उपराष्ट्रपति नन्दबहादुर पुनले बुबा रामसुर पुनको हातबाट टीका ग्रहण गरेका छन् ।
सर्वसाधारण नेपालीले मान्यजन र आफन्तबाट टीका र आशीर्वाद ग्रहण गरिरहेका छन् ।

टीकाको शुभसाइत बिहान १०ः३५ मा भए पनि आज दिनभर मान्यजनको हातबाट टीका र प्रसाद ग्रहण गर्न शुभ मानिन्छ । दसैंको टीका कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने चलन छ । 
दसैंमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने चलन छ। 
काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहलपहल शुरु भएको छ । दसैंको  बिदा र काठमाडौँ बाहिर दसैं मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले राजधानी सुनसान छ । 

प्रधानमन्त्रीले टीका लगाइदिने समय ४ देखि ७
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसाधारणलाई आज  दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म टीका लगाउने भएका छन्। आफ्ना पिताको हातबाट टीका ग्रहण गरेपछि ओलीले अहिले विशिष्ट व्यक्ति र पार्टीका नेताहरुलाई टीका लगाउँदैछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।