शनिबार, साउन ३०, २०८३

आज विजया दशमी, टीकाको साइत १०:३५ मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दसैं पर्वको प्रमुख दिन आज विजया दशमी हो। घटस्थापनामा सुरु गरिएको दुर्गा भवानी पूजा विसर्जन गरेपछि मान्यजनको हातबाट नवदुर्गाको प्रसाद स्वरुप टीका र जमरा लगाइन्छ ।
पाञ्चांग निर्णायक समितिले टीकाको शुभ साइत १०ः३५ रहेको जनाएको छ।
 
नेपालीको प्रमुख चाड बडादसैँ आजको दिनलाई आश्विन शुक्ल दशमीका नामले चिनिन्छ। नवरात्रीभरि विशेष साधना गरी मनाइने पर्वको दसौं दिनकी आराध्या देवीको नाम अपराजिता हो। 
कहिले पराजित नहुने अर्थात् मन वचन र कर्मद्वारा संकल्पित कामना पुरा गराउने हुनाले यी देवीलाई अपराजिता भनिएको हो।
 
दशमीका दिन भगवतीको पूजा गर्दै जमरा काटी स्थापित देवताहरूका साथ कुलदेवता, इष्टदेवता, द्वारदेवता, पितृदेवता  र नजिकैको शक्तिपीठमा चढाउनुपर्दछ।
प्रतिपदादेखि पूजा गरिएको नवदुर्गा प्रतिमामा विसर्जन गरी कलशको जल र फूलप्रसाद एकत्रित गरी अभिषेकका साथ प्रसाद ग्रहण गर्दै ॐ दीर्घायुस्तक्ओषधे..., आयुद्रोणसुते...,जयन्ती मङ्गला काली... आदि मन्त्रद्वारा मर्यादाक्रमअनुसार आफूभन्दा ठूलाबडाको हातबाट टीकाजमरा र आशीर्वाद ग्रहण गर्दै यथाशक्ति दक्षिणा, उपहार प्रदान गर्नुपर्दछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।