काठमाडौं - ओमानमा जारी पाँच राष्ट्रबीचको टी-२० सिरिज क्रिकेटमा नेपालले जितका लागि मध्यम लक्ष्य पाएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय ३४ रनको लक्ष्य सुम्पेको हो।
खराब सुरुवात गरेको नेदरल्यान्ड्सका लागि म्यास्क वेल प्याटृट्सले सर्वाधिक ४३ रन जोडे। उनले ४४ बलमा ४ चौका सहित सर्वाधिक ४३ रन जोडेका हुन्। त्यस्तै कालिन अच्कर्म्यानले २० बलमा १ चौका र २ छक्क प्रहार गर्दै २९ रन जोडे। एन्टोनियस स्टालले २१, स्कर्ट एड्वार्डले १६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
नेपालका लागि सन्दीप लामिछाने र करन केसिले समान ४(४ विकेट लिए। सन्दीपले चार ओभर बलिङ गर्दै २० रन खर्चेर ४ विकेट लिदा करनले ३।३ ओभरमा १७ रन खर्चेर ४ विकेट लिएका हुन्। यस्तै ललितनारायण राजवंशीले एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४