शनिबार, साउन ३०, २०८३

फोटो खिच्ने क्रममा खोलामा खसेर युवती बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बागलुङ- जिल्लाको पश्चिम क्षेत्रमा फोटो खिच्ने क्रममा खोलामा खसेर एक युवती आइतबार बेपत्ता भएकी छन्।

तमानखोला गाउँपालिका–४ लाम्मेला घर भई हाल काठमाडौं बस्दै आएकी ३२ वर्षीया देवी शिर्पाली बडिगाड खोलामा खसेर बेपत्ता भएकी हुन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बुर्तिबाङको निर्माणाधीन लक्ष्मीकुण्ड घाट पुलदेखि करीब ३० मिटर तल खोलाको ठूलो ढुङ्गामा उभिएर फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खसेको स्थानीयले बताएका छन्। खोलामा खसेकी उनलाई खोलाले बगाएको प्रत्यक्षदर्शीले बताएका छन्।

अर्जेन्टिनाका एक नागरिकलाई आफ्नो गाउँ पनि घुमाउने र घरमा बुवाआमासँगै दसैं मनाउन भनेर घर जाँदै गर्दा उनीहरू शनिबार बुर्तिबाङ बजारमा बसेका थिए।

आइतबार घुम्नका लागि बडिगाड खोलामा गएको र फोटो खिच्ने क्रममा सिर्पाली चिप्लेर खोलामा खसेको इलाका प्रहरी कार्यालय, बुर्तिबाङले जनाएको छ। 

खोलाले बगाएको थाहा पाएलगत्तै प्रहरी र स्थानीयले खोजी कार्य जारी राखे पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

सिर्पालीलाई खसेको ठाउँबाट करीब ४०० मिटर तल रिभरहेडसम्म खोलाले बगाउँदै लगेको स्थानीयले बताएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।