शनिबार, साउन ३०, २०८३

दसैंमा नगर बस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सुर्खेत- दसैंको अवसरमा दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाले नगर बस संचालनमा ल्याएको छ।

आम सर्वसाधारणलाई यातायात सेवा सहज बनाउन नगर बस संचालनमा ल्याएको नगरपालिकाले जनाएको छ। 

चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाहीले पालेतडादेखि तीजडासम्म नगर बस संचालन गरिएको जानकारी दिए। बस सेवा सञ्चालन भएसँगै पालेतडा तथा पाल्त क्षेत्रका सर्वसाधारणलाई यातायात सेवा सहज हुनेछ। नगर बसमा ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले निःशुल्क सेवा पाउनेछन्। 

नगरपालिकाका प्रायः सबै वडा सडक संजालसँग जोडिए पनि यातायात सुविधा नपुगेकाले बस सञ्चालन गरिएको शाहीले बताए। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलक बिकले बस सञ्चालनका लागि आर्थिक वर्ष ०७६/७७ मा नगरसभाबाट ३५ लाख बजेट विनियोजन भएको जानकारी दिए।  

नगरसभा र नगरकार्यपालिकाको बैठकले नगर बस संचालन गर्ने निर्णय गरेको थियो।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।