काठमाडौं : यौन दुर्व्यवहार आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। यौन दुव्र्यहारमा पक्राउ पर्ने महरा सम्भवतः पहिलो उच्च पदस्थ व्यक्ति हुन्। संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाटै राजीनामा दिएका थिए।
अदालतले पक्राउ पुर्जी स्वीकृत गरेपछि महरालाई उनी बस्दै आएको बालुवाटारस्थित सभामुख निवासबाटै प्रहरीले नियन्त्रणमा लिएको हो।
उनलाइ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मीले उनलाई पक्राउ गरेका हुन्। महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोली महरालाई पक्राउ गर्न उनको निवास पुगेको थियो।
उनलाई राताे कारमा नियन्त्रणमा लिएर सिंहदरबारस्थित प्रहरी वृत्तमा लगिएको महानगरीय प्रहरीले जनाएको छ।
संघीय संसद् सचिवालयका कर्मचारी रोशनी शाहीले दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले सभामुख र सांसद पदबाट राजीनामा दिएका थिए।
पीडित शाहीले प्रहरीमा उजुरी दिएपछि महराको निगरानीका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो।
यसअघि आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थियो ।
नयाँ मुलुकी फौजदारी संहितामा कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्ने प्रावधान छ।
बलात्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले शुक्रबार महराविरूद्ध प्रहरीमा उजुरी दिएकी थिइन्। रोशनीले दर्ता गराएको सोही उजुरीका आधारमा महरालाई पक्राउ गर्ने अनुमति लिन प्रहरी अदालतमा गएको थियो।
यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए। जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा शाहीले महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरमा शुक्रबार जोहरी दिएकी थिइन्।
यसअघि १३ असोजमा पीडित महिलाले आफूमाथि महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको दाबी गरेकी थिइन्। गत आइतबार राति पौने ९ बजे तीनकुनेमा भएको भनिएको घटनापछि प्रहरीसमेत उनको घरमा पुगेको थियो।
शाहीले आफू महराबाट पीडित भएको भिडियो सार्वजनिक भएसँगै महरालाई पदबाट राजीनामाको लागि पार्टी नेतृत्वले समेत दबाब दिएको थियो । महराको राजीनामा आएसँगै उनले बयान फेरेकी थिइन्। तर उनी धेरै विवादमा आएको भन्दै उनका पतिले समेत छुट्टिने सहमति गरेपछि भने उनले शुक्रबार प्रहरीमा जाहेरी दिएकी थिइन्।
पछिल्लो समय ‘आफू डिप्रेसनको सिकार भएको भन्दै शाहीले महरा आफ्नो बाबुजस्तो भएको समेत बताएकी थिइन् तर चौतर्फी दबाबपछि भने उनले महराविरुद्ध जाहेरी दिएकी हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४