शनिबार, साउन ३०, २०८३

दसैंमा १२ अर्बको नयाँ नोट सटही

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं -  बडा दसैंमा नेपाल राष्ट्र बैंकले सर्वसाधारण नेपालीलाई नयाँ नोट उपलब्ध गराउँदै आएको छ। यसपालिको दसैंका अवसरमा नेपाल राष्ट्र बैंकले १२ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गरेको जनाएको छ। 
केन्द्रीय बैंकले असोज १० गतेदेखि १७ गतेसम्म विभिन्न बैंकमार्फत सर्वसाधारणका लागि सो रकम उपलब्ध गराएको  जनाएको छ। 

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार राष्ट्र बैंकले एक जनालाई साढे १८ हजारभन्दा नबढ्ने गरी नयाँ नोट साटेको थियो । एक जनालाई ५, १०, २०, ५० र १ सय रुपैयाँ दरका एक एक प्याकेट गरी अधिकतम १८ हजार ५ सय रुपैयाँसम्म साट्न सक्ने व्यवस्था मिलाएको निरौलाले जानकारी दिए। 
राष्ट्र बैंकले सुकिलो नोटको प्रयोगलाई नै बढी प्राथमिकता दिएको प्रवक्ता निरौलाको दावी छ। उनका अनुसार प्रतिव्यक्ति १८ हजार भन्दा माथिको रकम चाहिनेलाई सुकिला नोट नै उपलब्ध गराएको उनले जानकारी दिए। 
गत वर्ष जति रकम बराबरको नयाँ नोट बाडिएको थियो यस वर्ष पनि सोही परिमाणमा नयाँ नोट बाँडिएको छ तर नयाँ नोट साट्न कठिन भएको सर्वसाधारणले गुनासो गरेका छन्। धेरैजसो वाणिज्य बैंकका शाखाबाट नयाँ नोट वितरण गरिएको थिएन। निजी र सरकारी बैंकबाट बराबर रकम बाँडिए पनि सर्वसाधारणले निजी बैंकबाट भने नयाँ नोट साट्न सकेका थिएनन्। 

निजी बैंकहरुले आफ्नो ग्राहकको आधारमा नयाँ नोट उपलब्ध गराएको थियो सर्वसाधारण भने नेपाल राष्ट्र बैंकमै लामबद्ध हुनुपर्ने बाध्यता यस वर्ष पनि हटेन। बैंकले पैसा दिन नसकेपछि सर्वसाधारणले फुटपाथबाट नयाँ नोट साट्न बाध्य भएका थिए। 

राष्ट्रिय सहकारी बैंकलाई १२ करोड नयाँ नोट

यस वर्ष नेपाल राष्ट्र बैंकले राष्ट्रिय सहकारी बैंकलाई पहिलोपटक आधिकारिक निर्णय गरेर १२ करोड रुपैयाँ नयाँ नोट दिएको छ। सहकारीहरुलाई नयाँ नोटको अभाव नहोस् भनेर बैंकले सहकारी बैंकलाई आधिकारिक निर्णय नै गरेर नयाँ नोट दिएको हो। 

यसअघि सहकारी बैंकले केही रकम नयाँ नोट ल्याए पनि बैंकको लागि नै भनेर आधिकारिक निर्णय भने गरेको थिएन। सहकारी बैंकले आफ्ना शाखामार्फत सम्पूर्ण ग्राहक भएका र नभएका सबै सहकारीलाई उनीहरुको माग र आफूसँग भएको रकमअनुसार दामासही रुपमा नयाँ नोट बाँडेको बैंकले जनाएको छ।

सडकमै नयाँ नोट सटही

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।