काठमाडौं- काठमाडौंमा आगामी असोज २८ देखि ३० मा हुन लागेको नवौ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको नाम दर्ता सुरु भएको छ।
नाम दर्ता सुरु भएसँगै विभिन्न मुलुकबाट आएका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समन्वय परिषदका पदाधिकारी तथा सदस्यले आफ्नो नाम दर्ता गराइसकेका छन्।
सम्मेलनमा भाग लिनमा लागि ५० भन्दा बढी देशबाट २ हजारभन्दा बढी प्रतिनिधि काठमाडौं आउने अनुमान गरिएको एनआरएनएको कार्यालयले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी तथा सदस्यको सम्मेलनमा भाग लिनको लागि आउने क्रम जारी रहेको एनआरएनएको कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४