शनिबार, साउन ३०, २०८३

टीकाका दिन सेनाको निःशुल्क बस सेवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - दसैंको टीकाका दिन नेपाली सेनाले उपत्यकाको विभिन्न सात रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। 

टीकाका दिन काठमाडौँ उपत्यकाभित्र सार्वजनिक सवारीसाधन न्यून मात्र सञ्चालन हुने भएकाले सैनिक तथा गैरसैनिक व्यक्तिको आवागमनमा सुविधा पुर्‍याउने उद्देश्यले बस सेवा सञ्चालन गर्न लागिएको हो। सो दिन सेनाले विभिन्न सात रुटमा बस सञ्चालन गर्नेछ। सेनाका बस बिहान, दिउँसो र साँझ सञ्चालनमा आउनेछन्। 

सेनाको मुख्यालय भद्रकालीलाई केन्द्र मानेर ती बस सञ्चालन हुनेछन्। बिहान ८ देखि साढे १०, दिउँसो १ देखि ३ र साँझ ४ बजेदेखि ६ बजेसम्म निःशुल्क बस सञ्चालनमा आउने नेपाली सेनाले जनाएको छ। भद्रकाली–कालिमाटी–कलङ्की–नागढुङ्गा,भद्रकाली–बल्खु–कीर्तिपुर,भद्रकाली–बानेश्वर–कोटेश्वर–गठ्ठाघार–सूर्यविनायक र भद्रकाली–लैनचौर–महाराजगञ्ज–बूढानीलकण्ठसम्म सेनाका बस चल्नेछन्। 

त्यस्तै भद्रकाली–चाबहिल–जोरपाटी–थली–साँखु, भद्रकाली–बानेश्वर–कोटेश्वर–सातदोबाटो–कलङ्की–सीतापाइला–बालाजु–महाराजगन्ज–चाबहिल–गौशाला एयरपोर्ट–तिनकुने–भद्रकाली (चक्रपथ) र भद्रकाली–बानेश्वर–तिनकुने–एयरपोर्ट–गौशाला–चाबहिल–महाराजगञ्ज–बालाजु–सितापाइला–कलङ्की–सातदोबाटो–कोटेश्वर–बानेश्वर हुँदै भद्रकाली (चक्रपथ) रुटमा सेनाको बस चल्नेछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।