शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापा भन्छन् : धर्म, संस्कृती प्रति उदासिन हुँदा विकृती बढ्यो

कमल थापा भन्छन् : धर्म, संस्कृती प्रति उदासिन हुँदा विकृती बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म संस्कृतीप्रति उदासिन हुँदा विकृती बढेको बताएका छन्। पार्टीको काठमाडौं जिल्ला कमिटीद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले भने, " समाजमा भगवानको अस्तित्व स्वीकार नगर्ने बढ्दो प्रवृत्ति तथा धर्मप्रतिको आस्था कमजोर हुँदै गएका कारण व्यभिचार, बलात्कार ,भ्रष्टाचार र अत्याचार बढ्दै गएको हो। तसर्थ सनातन धर्म र संस्कृतिको रक्षा गरौं।"

थापाले धर्म संस्कृतीले मानिसलाई मर्यादा , आचारण, अनुशासन र जिम्मेवारीबोध गराउन ठूलो भुमिका खेल्ने विचार व्यक्त गरे। भगवान सङ्ग डर नहुँदा अन्याय ,अत्याचार बढेको भन्दै थापाले चाडपर्वहरुलाई मितव्ययी ढंगले आपसि सद्भाव, प्रेम र आत्मियता अभिबृद्धी हुने गरि मनाउनु पर्नेमा जोड दिए। 

धर्म, संस्कृती र पहिचान जोगाउन आवश्यक भएको कुरा जनतामा बुझाउने काममा दसैं बिदालाई सदुपयोग गर्नसमेत नेता कार्यकर्तालाई थापाले आग्रह गरे। गत निर्वाचनमा पार्टीको पराजयलाई "इख" को रुपमा लियर काम गर्नुपर्नेमा  जोड दिँदै थापाले आफन्त, परिवारजन र जनतामा रहेको भ्रमहरु चिर्नेगरी मेहनत गर्न समेत कार्यकर्तालाई निर्देशन दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।