काठमाडौं – भुटानमा हुने तेस्रो संस्करणको महिला साफ यू–१५ च्याम्पियनसिप खेल्ने नेपाली टिमको बिदाई गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार भुटान जाने ३१ सदस्यीय नेपाली टोलीको बिदाई गरेको हो। नेपाली टोली असोज २० गते भुटानतर्फ प्रस्थान गर्नेछ।
भुटानको थिम्पुमा असोज २२ देखि २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा भारतसँग असोज २२ गते खेल्दै नेपालले प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै नेपालले असोज २४ गते बंगलादेश, असोज २६ गते आयोजक भुटानसँग खेल्नेछ।
लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन्। गत संस्करणमा नेपाल चौथो भएको थियो।
भुटान जाने खेलाडी-
सुनकला राई, कुमारी तामाङ, मनिषा राउत, अनु राई, ममता पुन, मनमाया दमाई, निकिता थोकर, सुरक्षा सुखरिया, अमिषा कार्की, पुष्पा गुरुङ, मन्दिरा राई छन्। त्यस्तै, सरा बज्राचार्य, सरु ह्माल, प्रिती राई, पुजा थापा, सावित्री किसन, सबिना चौधरी, सुक्ष्मा घर्तिमगर, अस्मिता रानापाल, मञ्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, देब्या मगर र लिला जोशी
नेपाली टिमको मुख्य प्रशिक्षकमा राकेश क्षेष्ठ, सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपर कोचमा मिनबहादुर बस्नेत छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४