शनिबार, साउन ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चिनियाँ राष्ट्रपति भ्रमणको सूचना चुहाएको भन्दै महाप्रबन्धक क्षेत्री हटाइए

चिनियाँ राष्ट्रपति भ्रमणको सूचना चुहाएको भन्दै महाप्रबन्धक क्षेत्री हटाइए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई मुख्य कार्यालयमा तानेको छ। 

महाप्रबन्धक क्षेत्रीलाई चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमण नजिकिदै गर्दा मुख्यालय सरुवा गर्नुको कारण स्पष्ट नभएपनि चिनियाँ राष्ट्रपति नेपाल आउने सूचना चुहावट गरेको आरोप लगाइएको छ।
 
क्षेत्रीको ठाउँमा प्राधिकरणले सुरेशमान सिंहलाई कायम मुकायम महाप्रबन्धकको जिम्वेवारी दिएको छ। आज (शुक्रबार) नयाँ महाप्रबन्धक नियुक्त गर्न नसकेको खण्डमा प्राधिकरणले दसैंपछि मात्र नयाँ महाप्रबन्ध नियुक्त गर्नुपर्ने अवस्था छ। किनकी असोज १८ देखि सरकारले दसैंको लागि सार्वजनिक विदा दिएको छ।
 
चिनियाँ राष्ट्रपति सि जिनपिङ आगामी शनिबार अर्थात् असोज २५ गते नेपाल आएर २६ गते भारत जाने तालिका रहेको उच्च स्रोतले जनाएको छ। चिनियाँ राष्ट्रपतिको भ्रमणमा कुनैपनि सुरक्षा संयन्त्रमा चुक नहोस् भन्ने हेतुले सरकारले गम्भीर तयारी गरिरहेको छ।
 
प्राधिकरणले विमानस्थलका महाप्रवन्धक क्षेत्रीलाई बिहीबार साँझ सचिवालयमा तानेको हो। प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलले भने नियमित प्रशासनिक प्रक्रिया अनुसार विमानस्थलको नेतृत्व हेरफेर भएको दाबी गर्दै अर्को महाप्रबन्धक नियुक्त नहुन्जेलको लागि सुरेशमान सिंहलाई निमित्त महाप्रवन्धक जिम्मेवारी दिइएको जानकारी नेपाल समयलाई दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।