शनिबार, साउन ३०, २०८३

नेपथ्यको ‘लाम्पाते सुरती’ अब युट्युबमा (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - लोकरक ब्याण्ड नेपथ्यको चर्चित गीत ‘लाम्पाते सुरती’ अब युट्युबमा उपलब्ध भएको छ। स्थापना कालमा ‘पप संगीत’बाट सुरुभएको ब्याण्ड नेपथ्यलाई नयाँ पहिचानसहित ‘लोक रक ब्याण्ड’मा रुपान्तरण गरेको एल्बम ‘रेशम’ मै समेटिएको यो गीतमा पोखरेली सर्जक सरुभक्तका शब्दहरु अटाएका छन्।

‘आज भोली के भयो के भयो
कसले कसले स्वाट्ट यो मन छोयो
खान्न म त लाम्पाते सुरति
लाउँ कि नलाउँ जुग जाने पिरती’


 उक्त एल्बमको शिर्ष गीत ‘रेशम’ सर्वाधिक चर्चामा आएता पनि धेरै श्रोताहरु ‘लाम्पाते सुरती’लाई अब्बल ठहर गर्छन्।

‘नेपथ्यको पाँचवटा सर्वोत्कृष्ठ गीतको सूची तयार पार्नुपरेमा म एकदेखि पाँचसम्मै लाम्पाते सुरतीलाई राख्छु,’ अहिलेका अर्का चर्चित लेखक कुमार नगरकोटी भन्छन्, ‘त्यसपछि छैठौंबाट मात्र मेरा निम्ति नेपथ्यका अन्य राम्रा गीतको गणना सुरु हुन्छ।’

यो गीतलाई पोखराका गन्धर्वहरुले भाका हालेर अलिक बेग्लै पाराले गाउँदै आएको हुनाले आफूले केटाकेटी उमेरमै सुनेको गायक अमृत गुरुङ बताउँछन्। ‘त्यसै भाकालाई माटेपानीको जग्गु भनिने इश्वर गुरुङ दाइले गितारको धुनमा मिसाएर असाध्यै मिठोसँग सुनाएका थिए,’ अमृतले सम्झे, ‘तर, त्यसका शब्दहरुले मलाइ छोएन।’

धुन मिठो भइकन पनि गीतको शब्द उति मन नपरेपछि त्यसैलाई लिएर पोखराकै लेखक सरुभक्त कहाँ गएको जसबाट यस गीतको सुन्दर रुपान्तरण हुन पुगेको अमृत सुनाउँछन्। ‘दाइले नयाँ शब्द तयार पारेपछि यो गीतै झलमल्ल बलेजस्तो भयो,’ अमृत भन्छन्, ‘त्यसको लगत्तै रेशम एल्बमको तयारीका क्रममा यसको रेकर्डिङ पनि थालिहालेका थियौं।’

संसारभर ब्याण्डहरुले आफ्ना चलेका गीतहरुलाई ‘लाइभ रेकर्ड’ गरेर श्रव्यदृश्य संस्करण पुनः सार्वजनिक गर्ने प्रचलन अनुसारै यसलाई पनि तयार पारिएको हो। गत वर्ष नेपथ्यले ‘नेपाल टुर’ गर्दाको संग्रहबाटै यो भिडियो तयार पारिएको हो। लाइभ कार्यक्रममा आधारित यस भिडियोले गायक अमृत गुरुङको दर्शकहरुसँग सम्वाद गर्ने मौलिक शैलीलाई पनि समेटेको छ।

‘प्रत्यक्ष कार्यक्रम हेर्दाको अनुभूति मिलोस् भनेर सक्दो प्रयास गरेका छौं,’ नेपथ्यलाई प्रवर्द्धन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्।

हेर्नुस् म्यूजिक भिडियो
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।