शनिबार, साउन ३०, २०८३

त्रिवि उपकुलपतिमा डा.कोइरालासहित तीन जना सिफारिस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ। सिफारिस भएकामा पहिलो नम्बरमा डा भगवान कोइराला, दोस्रोमा  डा धर्मकान्त बास्कोटा र तेस्रोमा डा चन्द्रमणि पौडेल रहेका छन्।

१९ औँ उपकुलपति चयन गर्नका लागि गठित नाम सिफारिस समितिले उपकुलपतिका लागि नाम सिफारिस गरेको हो। डाक्टर कोइराला वरिष्ठ हृदय रोग विशेषज्ञ हुन्।

त्यस्तै बास्कोटा त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहेका छन्। वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर बास्कोटा नेपाल मेडिकल काउन्सिलको अध्यक्षबाट अवकाश पाएका हुन्।

डाक्टर पौडेल तथ्यांकशास्त्रका प्राध्यापक हुन्। उनले भारतको पञ्जाब विश्वविद्यालयबाट तथ्यांकशास्त्रअन्तर्गत ‘इकोनोमेट्रिक्स’ मा विद्यावारिधि गरेका छन्। समितिले सिफारिस गरेका मध्येबाट कुलपतिले एक जना चयन गर्ने व्यवस्था छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।