शनिबार, साउन ३०, २०८३

यू-१९ को प्रारम्भिक छनोटमा ४८ खेलाडी बोलाइयो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- एएफसी यू-१९ च्याम्पियनसिप २०२० को छनोटको लागि प्रारम्भिक चरणमा ४८ खेलाडीलाई बोलाइएको छ।

नवनियुक्त प्रशिक्षक मेघराज केसीले छनोटका लागि ४८ खेलाडीलाई बोलाएका हुन्। खेलाडीकाे प्रशिक्षण भने असोज २४ गतेबाट सुरु हुने एन्फाले जनाएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार मात्रै केसीलाई यू–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।

एएफसी यू-१९ च्याम्पियनसिपको छनोट नोभेम्बर ६ देखि इरानमा सुरु हुनेछ। छनोटमा नेपाल समूह ‘डी’ मा रहेको छ। नेपालकाे समूहमा आयोजक इरानसँगै युएई र किर्गिस्तान छन्।

यी हुन् प्रारम्भिक छनोटमा बोलाइएका खेलाडी
  
ब्रिजेश चौधरी, सच्चु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी, शिशिर लेखी, दिपेश गुरुङ, रोशन रानामगर, रन्जन पुन, आकाश बुढामगर, रेजिन माझी, जया गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा, विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, विशाल वसन्त बस्नेत, एलिक रुम्वा, एन्जल महर्जन, विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पुजन होना, अशिम भुषाल, विकास खवास, कर्मा शेर्पा, विशाल शाही, विजय श्रेष्ठ, निराजन महर्जन, राम गुरुङ, युवेश थापामगर, महेश साह, राजीव लोप्चन, अनिल महर्जन, मौसम कार्की, मौसम सुब्बा, निसेन सुब्बा, रेजिन सुब्बा, दिनेश हेन्जन, दिपेश आलेमगर, र योगेश गुरुङ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।