जनकपुरधाम- जनकपुरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा महोत्तरी जलेश्वर नगरपालिका प्रकौली बस्ने २० वर्षीय आनन्द पाठक रहेको प्रहरीले जनाएको छ। पाठकलाई जनकपुरधाम उपमहानगरपालिका-१४, मुजेलियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।
शंकाका आधारमा चेकजाँच गर्दा पाठकको साथबाट नलकटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ। पाठकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४