काठमाडौं- नेपाली क्रिकेट टिम पाँच देश सम्मिलित टी-२० सिरिज खेल्न ओमान पुगेको छ। नेपाली टिम सिंगापुरमा त्रिकोणात्मक सिरिज सकेर बिहीबार राति ओमान पुगेको हो ।
सिरिजमा नेपालसहित घरेलु टोली ओमान, हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड प्रतिष्पर्धा गर्नेछन् ।
नेपालले सिरिजको आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग खेल्नेछ। त्यस्तै, असोज २० गते नेदरल्याण्डसँग, असोज २२ गते आयरल्याण्डसँग र असोज २३ गते ओमानसँग खेल्ने कार्यतालिका छ ।
यसअघि सिगापुरमा भएको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार व्यहोरेको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४