शनिबार, साउन ३०, २०८३

दाउन्नेमा दुई ट्रक ठोक्किँदा लामो जाम 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

परासी- पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा ट्रक ठोक्किएर पल्टिँदा त्यस क्षेत्रमा सवारी साधनको लामो जाम लागेको छ। 

बिहीबार राति ९ बजे विनय त्रिवेणी गाउँपालिका-२, दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै युपी ५३ सीटी ९३२६ र यूपी ५३ जेजे १२३९ नम्बरका भारतीय ट्रक एकापसमा ठोक्किएका हुन्। जसका कारण दाउन्ने क्षेत्रमा दुवैतर्फ झण्डै पाँच–पाँच किलोमिटर गाडीको लाम लागेको छ। 

दुर्घटनामा परेको एउटा ट्रकलाई सडकबाट हटाइए पनि २२ चक्के यूपी ५३ जेजे १२३९ नम्बरको ट्रक सडकबाट हटाउन नसकिँदा यातायात सचालनमा समस्या देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अहिले एकतर्फी रूपमा सवारी सञ्चालन गरिए पनि सडकमा यातायातको चाप धेरै हुँदा दुवैतर्फ गाडीको लामो लाइन लागेको छ। 

ट्रकलाई सडकबाट हटाउन थप क्रेन मगाएर तान्ने योजना बनाइएको प्रहरीले जनाएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।