शनिबार, साउन ३०, २०८३

कारोबारको अन्तिम दिन नेप्से बढ्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ। बुधबार दोहोरो अङ्कले ओरालो लागेको नेप्से परिसूचक दशैँअघि शेयर कारोबार गर्ने अन्तिम दिन आज ८.६९ विन्दुले बढेर एक हजार १४९.४० विन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक पनि २.१९ विन्दुले बढेर २५१.९७ मा पुगेको छ। नेप्से उकालो लागे पनि कारोबार रकममा भने अपेक्षित वृद्धि हुन सकेन। कूल १५३ कम्पनीको ६ लाख ४७ हजार ५६२ कित्ता शेयर रु १७ करोड ६६ लाख ३३ हजार ५१४ मूल्यमा खरीद बिक्री भए। 

स्टकका अनुसार कारोबार भएका कूल ११ उपसमूहमध्ये आज १० उपसमूहको शेयर उकालो लागेको छ भने एक उपसमूहको मात्रै शेयर घटेको छ। वित्त उपसमूहको शेयर ३.२८ विन्दुले घटेको छ। बैंकिङ ६.१५, होटल २२.४६, विकास बैंक १३.०४, जलविद्युत् ७.६८, निर्जीवन बीमा ३९.८, उत्पादन ८३.१५, अन्य १.२९, लघुवित्त १४.२४, जीवन बीमा ४९.५१ र सामूहिक लगानी कोष ०.०२ विन्दुले बढेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।