शनिबार, साउन ३०, २०८३

आतङ्कवादी हमलाको चेतावनी पछि दिल्ली 'हाई अलर्ट'मा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँ दिल्ली - भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमण हुनसक्ने चेतावनी दिएका छन्।

महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्रहरीको विशेष सेलले जनाएको छ। उनीहरुले राजधानी नयाँ दिल्लीका नौ देखि १० ठाउँमा आक्रमणको चेतावनी दिएका प्रहरी अधिकारीहरुको भनाई छ।

प्रहरीले हमलाको सूचना पाएको बताए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ गरेको छैन। आक्रमण गर्ने योजना बनाएकाहरुको खोजी र सुरक्षा व्यवस्था कडा पार्ने कार्य भइरहेको दिल्ली प्रहरीले जनाएको छ। 

यसैबीच आतंकवादी समूहले आक्रमण गर्नसक्ने सूचना आएपछि दिल्लीलगायतका सहरमा उच्च सतर्कता अपनाइएको छ। दिल्लीको विभिन्न भागमा सुरक्षाकर्मीको संख्या बढाइएको छ भने सीसीटीभीमा निगरानी बढाइएको दिल्ली प्रहरीले जनाएको छ।

भारतीय संचारमाध्यमहरुका अनुसार दिल्लीमा जासुसी संयन्त्रलाई सक्रिय पार्नुका साथै प्रतिआतंकवादी संस्थाहरुलाई परिचालन गरिएको छ।

भारतीय इन्टेलिजेन्स र अमेरिकी इन्टेलिजेन्सका अधिकारीहरुले जम्मू–कास्मीर घटनाको बदला लिन आतंकवादीहरुले दिल्लीमा आक्रमण गर्ने तयारी गरेको सूचना पाएको बताएको छ। 

भारत सरकारले नयाँ दिल्लीको अन्तर्राष्ट्रिय एयरपोर्टसहित भारतको ३० वटा एयरपोर्टको सुरक्षामा कडाई गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।