शनिबार, साउन ३०, २०८३

डीपीएलको चौथो संस्करण फागुनमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - घरेलु क्रिकेटको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता धनगढी प्रिमियर लिग (डीपीएल) को चौथो संस्करणको मिति सार्वजनिक गरिएको छ। प्रतियोगिता फागुन ३ देखि १५ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा आयोजना हुने आयोजक धनगढी क्रिकेट एकेडमीले जानकारी दिएको छ।

सिटी बेस फ्रेन्चाईजको आधारमा प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ। आयोजकले आउँदो सिजलनाई अझ भव्य र वृहत बनाउने बताएको छ। अघिल्लो सिजनको उपाधि सिवाइसी अत्तरियाले जितेको थियो। विजेता अत्तरियाले ३० लाख पाएको थियो। प्रतियोगिताबारे थप जानकारी आगामी दिनमा दिइने आयोजकले बताएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।