काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुराचार गरेको समाचार सार्वजनिक गरेका पत्रकार अजयबाबु शिवाकोटीले आफूलाई सुरक्षा खतरा रहेको बताएका छन्। उनले आफू र आफ्नो परिवारका सदस्यमाथि अज्ञात टेलिफोनबाट धम्की आइरहेको बताए। उनले केही अज्ञात समूहले आफूलाई पछ्याइरहेको दाबी गरेका छन् ।
सिवाकोटीले यस विषयमा नेपाल प्रहरीलाई जानकारी गराइसकेका छन्। महराको यौन दुराचारको समाचार हाम्रा कुरा डटकमले पहिलो पटक सार्वजनिक गरेको थियो। सिवाकोटी उक्त अनलाइनका सम्पादक हुन्।
काठमाडौंको नयाँ बानेश्वरको एक रेस्टुरेन्टमा सिवाकोटीमाथि भौतिक आक्रमण गर्ने योजना बनाइएको बारे प्रहरीलाई जानकारी गराइएको छ। प्रहरीले घर तथा कार्यालयमा समेत सुरक्षा सतर्कता बढाउने आश्वासन दिएको सिवाकोटीले बताए। विभिन्न राजनीतिक पार्टी र सामाजिक अभियन्ताले पत्रकार सिवाकोटीको सुरक्षा मजबुतीका लागि सरकारसँग आग्रह गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४