शनिबार, साउन ३०, २०८३

नेपाली क्रिकेट टोली आज ओमान जादै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलि आज (बिहिवार) ओमान प्रस्थान गर्ने भएको छ। 

ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-२० क्रिकेट सिरिजका लागि नेपाली टोलि आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो। 

यतिबेला सिंगापुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम उतैबाट ओमान प्रस्थान गर्ने टिम म्यानेजर रमन सिवाकोटीले जानकारी दिएका हुन्। 

नेपाली टोलिले सिंगापुरमा त्रिकोणात्मक टी–२० सिरिज खेलेको थियो। तीन राष्ट्रबिच डबल राउन्ड रोबिनमा भएको खेलमा नेपालले एक खेल जित्दा दुई खेल गुमाएको थियो भने एक खेल वर्षाले प्रभावित परेपछी रद्द भएको छ । 

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। सिरिज यहिँ असोज १८ देखि २३ सम्म हुनेछ। 

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ। त्यस्तै दोस्रो खेल असोज २० गते नेदरल्याण्ड, तेस्रो खेल असोज २२ गते आयरल्याण्ड र अन्तिम खेल असोज २३ गते ओमानसँग खेल्दै सिरिजको अन्त्य गर्ने छ। 

युएईमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोटअघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो। नेपाल ग्लोबल छनोटमा नपुगे पनि ओमानले आमन्त्रण गरेका कारण नेपालले सहभागिता जनाउन लागेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।