काठमाडौं - नेपाल टेलिकमले बुधबारबाट सातै प्रदेशमा फोरजी एलटीई सेवा सुरु गरेको छ।
नेपाल टेलिकमको मुख्यालयमा बुधबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फ्रेन्स गर्दै उद्घाटन गरे।
तर, प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत कार्यक्रम उद्घाटन गर्दै गर्दा मुख्यमन्त्रीसँग राम्रोसँग कुरा गर्न पाएनन्।
फोरजीले राम्रोसँग काम नगरेपछि उनले सातै प्रदेशका प्रमुखलाई बारम्बार एउटै शब्द दोहोर्याईरहे, 'सुन्नुभयो ? अब सुनियो?' उताबाट जवाफ आउँथ्यो, 'अलि अलि सुनिएको छ।' त्यसपछि ओलीले भने, 'अलि अलि सुनेपनि ठिकै छ। म पनि आज अलि अलि बोल्छु।'
प्रधानमन्त्री ओलीले फोरजीको सेवा सबै प्रदेशका जनताले राम्रोसँग लिनुपर्ने बताए। उनले फोरजी सेवाको विकास र विस्तारमा सम्बन्धीत निकायले ध्यान दिनुपर्ने बताउँदै मुख्यमन्त्रीहरुलाई दसैंको शुभकामना दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४