काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा यसपटक पनि सर्वसाधारणलाई टीका लगाइदिने भएका छन्।
टीका लगाउन इच्छुकलाई उनले दशमीका दिन अपराह्न ४ बजेपछि निर्मल निवासमा टीका लगाइदिने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।
त्यसअघि अष्टमीका दिन पूर्वराजा शाहले काठमाडौंस्थित विभिन्न मन्दिरहरुको दर्शन गर्ने छन्।
पूर्वराजा शाहले नक्साल भगवती, गुहेश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र इन्द्रायणी मन्दिरको दर्शन गर्ने उनको सचिवालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४