शनिबार, असोज ६, २०८०
  • गृहपृष्ठ
  • प्रदेश
  • मध्यपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

मध्यपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ १४, २०७८
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १४, २०७८

सुर्खेत- मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट नै ग्याभ भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको हो। यस्तै  वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।

sagarmatha cement

परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार भदौ २८ गतेदेखि दसैंको अघिल्लो दिन अर्थात असोज २० गतेसम्म परीक्षा लिने छ। जस अनुसार पहिलो दिन (भदौ २८ गते) विज्ञान तथा प्रविधि संकायका स्नातक तहका वीएसी र वीएसी सीएआइटीका आठौं सेमेष्टरका मौका परीक्षा र अन्तिम दिन (असोज २० गते) शिक्षा शास्त्र संकायअन्तरगत वीएड चौथो सेमेष्टरका परीक्षाहरू हुनेछन्। सेमेष्टर ग्याभ भएका परीक्षाहरू बिहान ८ बजेदेखि १०:३० बजेसम्म र अन्यको सन्दर्भमा मध्यान्न १२ बजेदेखि दिउँसो २:३० बजेसम्म सञ्चालन हुनेछन्।

विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. आनन्दप्रसाद सुवेदीले जानकारी दिए। तर, प्रयोगात्मक पत्र, प्रतिवेदन लेखन, ट्रम पेपरलगायत विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र परीक्षा नियन्तण कार्यालयमा पुग्ने गरी सम्बन्धित क्याम्पसले कार्यतालिका बनाएर परीक्षा लिनेछन्। 

यसअघि साउन ८ गतेदेखि हुने भनिएका वार्षिक तथा मौका परीक्षाहरू विद्यार्थीहरूको आन्दोलनका कारण डेढ महिनादेखि रोकिएका थिए। 

शनिबारमात्रै विश्वविद्यालय उच्चस्तरिय समस्या समाधान समिति र आन्दोलनरत विद्यार्थी ७ बुँदे सहमतिपछि विद्यार्थीले आन्दोलनका कार्यक्रम स्थगित गरेर विश्वविद्यालयमा लगाइएको ताला खोलिएको थियो।

विद्यार्थीको आन्दोलनका कारण दसैंको अघिल्लो दिनसम्म परीक्षा सञ्चालन गर्नु परेको विश्वविद्यालय जनाएको छ। यस वर्षको ससैं असोज २१ गतेदेखि सुरु हुँदैछ। असोज २१ गते घटस्थापना परेको छ।

प्रकाशित: Aug 30, 2021| 09:26 सोमबार, भदौ १४, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।