शनिबार, साउन ३०, २०८३

आज दसैंको चौथो दिन, कुष्माण्डाको पूजा गरिँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं आज (बुधबार) नेपालीको महान् चाड दसैंको चौथो दिन हो । आज आराध्या देवी कुष्माण्डाको  विशेष पूजाअर्चना गरि मनाइँदैछ । 

‘कुत्सितः ऊष्मा कूष्मा त्रिविधतापयुतः संसारः स अण्डे मांसपेश्यामुदररूपायां यस्याः सा कूष्माण्डाः’  अर्थात् तीन प्रकारका तापले युक्त विश्व ब्रह्माण्डलाई जसले आफ्नो उदरमा धारणा गरेको छ, ती भगवती कूष्माण्डाका नामले स्थापित छिन्। 

चारौं दिनमा विधिपूर्वक स्थापित देवताहरूको नित्य पूजा गरी नवदुर्गाको प्रतिमामा कूष्माण्डा नाम गरेकी देवीको पूजन गरिन्छ। कूष्माण्डको अर्को अर्थ हुन्छ कुभिन्डो जुन देवीको पूजामा बलिका लागि नभई नहुने फल हो। 

अहमखिलं जगत् ( सारा विश्व ब्रह्माण्डमा व्याप्त स्थावर जङ्गमको दृश्य स्वरुपा म नै हुँ। जीवले गुप्त रुपमा गर्ने कृत्याकृत्य कर्मको साक्षी स्वरुपा पनि मैं हुँ। म भन्दा पर त्यस्तो भिन्न शक्ति कोही छैनन् सबै ममा नै व्याप्त छन्। यी वचनहरू देवीकै उद्गारका रुपमा प्रस्तुत भएको पाइन्छ।
 
जीवित शक्तिका रुपमा अणिमादि गरिएका गुण र अकारादि गरिएका अक्षरले युक्त अनन्त शक्ति स्वरुपा सबै कामनाहरू पूर्ण गर्ने कामाक्षी नाम गरेकी देवीको प्रतीकका रुपमा पञ्चम वर्षले युक्त कन्यालाई कामाक्षीका नामले पूज्दै मधुपर्क, सौभाग्य, आभूषण प्रदान गर्दै चतुर्थ दिवसको दुर्गा पूजन कार्य समापन गरिन्छ। 

यतिबेला गाउँघरमा पनि दसैंको चहलपहल बढेको छ। आफ्नो मूल घरबाट टाढा रहेकाहरू धमाधम घर फर्कन थालेका छन्। विभिन्न शक्तिपीठहरूमा श्रद्धालुको भीड लाग्न थालेको छ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।