काठमाडौं- सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपाललाई आयोजक टोली सिंगापुरसँग जित्नै पर्ने दबाब परेको छ।
प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाउने सम्भावना जिबित राख्न नेपालाई लिगको अन्तिम खेलमा जित आवश्यक परेको हो।
नेपालले लिग अन्तर्गत आफ्नो अन्तिम खेल आज (बुधबार) सिंगापुरसँग खेल्दै छ। खेल नेपाली समय अनुसर साँझ ५ः१५ बजे सुरु हुनेछ।
डबल राउण्ड रोबिन लिग अन्तर्गत नेपालले पहिलो भेटमा सिंगापुरलाई ९ विकेटले पराजित गरेको थियो। यसैले पनि यस खेलमा नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिने छ।
तर यता दुई खेल खेलेको सिंगापुरले आफ्नो पहिलो खेलमा नेपालसँग पराजित भए पनि बलियो टोलि जिम्बावेलाई पराजित गरेको छ। नेपाल भने टेस्ट रास्ट्र जिम्बावेसँगका दुबै खेलमा पराजित भएको छ। त्यसैले सिंगापुर आफ्नो तेस्रो खेलमा जित निकाल्दै एक खेल अगावै सिरिजको फाइनलमा स्थान पक्का गर्न चाहन्छ।
नेपाल सिरिजको पहिलो खेलमा टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित हुदा दोस्रो खेलमा सिंगापुरसँग ९ विकेटले विजयी भयो। तेस्रो खेलमा जिम्बावेसँग नै ४० रनले पराजित हुँदा नेपालाई फाइनलमा स्थान बनाउन जित्नै पर्ने दबाब बढेको हो।
तीन खेलमा दुई जित सहित चार अंक जोडेको जिम्बावे शिर्ष स्थानमा रहदा समान खेल खेलेको नेपाल एकमा जित र दुई खेलमा हार सहित २ अंक जोडेर दोस्रो स्थानमा छ।
त्यस्तै दुई खेल खेलेको सिंगापुर एकम हार र एकमा जित सहित २ अंक जोड्दै तेस्रो स्थानमा छ। नेपाल र सिंगापुरको समान अंक भएपनी नेपाल रनरेटका आधारमा दोस्रो स्थानमा रहेको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४