शनिबार, साउन ३०, २०८३

महरा काण्ड : रोशनीले २४ घन्टामै फेरिन् बयान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नेता कृष्णबहादुर महराले निर्घात कुटपिट गर्दै बलात्कार गरेको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले २४ घण्टा नबित्दै आफ्नो बयान फेरेकी छिन् । 

उनले सोमबार हाम्राकुरा अनलाइनसँग कुरा गर्दै महराले आइतबार राति आफूलाई रक्सी खुवाएर कुटपिट गर्दै बलात्कार गरेको आरोप लगाएकी थिएन् ।

तर, त्यसको २४ घण्टा बित्न नपाउँदै उनले नागरिक खबर अनलाइनसँगको कुराकानीमा आइतबार राति महरा आफ्नो कोठामै नआएको दाबी गरेकी छिन् । 

शाहीले महरा आफ्नो बाबु समान भएको र बाहिर आएजस्तो त्यस्तो केहि पनि नभएको बताएकी छिन् ।

हेर्नुहोस दुबै अनलाईनसँग गरेको कुराकानीको संक्षिप्त अंश 

सोमबार हाम्रा कुरासँग भनिन्- महराले बलात्कार गरे 

उहाँ (सभामुख महरा)ले साँझ ७ बजे ‘म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो, आज दसैँ मनाऊँ भन्नुभयो । पहिल्यै खाएर आउनुभएको रहेछ, फेरि दुई गिलास खानुभयो । 
कोठामा पस्नेबित्तिकै जबर्जस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइले जिउ थिलथिलो भएको छ । योभन्दा पहिले पनि उहाँबाट ममाथि दुव्र्यवहारको प्रयास भएको थियो ।

उहाँलाई मैले ०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थेँ । त्यहाँ बस्दा फेमेलीजस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने सोच्या थिइनँ । प्रहरी बोलाउँछु भनेपछि मात्रै उहाँ जानुभयो । ‘यतिसम्म गरिस्, कि तँ हुँदैनस्, कि म रहन्नँ’ भनेपछि जानुभएको हो ।

उहाँले (महरा)ले कति वेला आऊँ, के गरौँ भनेर जतिवेला पनि त्यही कुरा गर्नुहुन्थ्यो । त्यो भन्दा मलाई मनै पर्दैन थियो । 

मंगलबार नागरिक खबरसँग भनिन्– महरा मेरो बाउसमान मान्छे, त्यस्तो केहि भएको छैन् 

 उहाँ (सभामुख महरा) मेरो डेरामा आउनुभएकै छैन, नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसद्मा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाहीँ फोनमा पनि कुरा हुन्छ ।
 
 मैले उहाँलाई मेरो बुबाजस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरूले नै भोग्नुपर्ला । 

 मैले एकपटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भाको छ, त्यो मिलाइदिनुहोला भनेकी थिएँ । ‘हुन्छ, हुन्छ’ भन्नुभएको थियो, तर गर्नुभएन । त्यसपछि मलाई पनि रिस उठ्यो । म अलिकति डिप्रेसनमा पनि छु । औषधि खाइरहेकी छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।
 
हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरू कसैले होइन । डिप्रेसनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरीलगायत क-कसलाई फोन गरे थाहा छैन । तर, अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाब्लिस’ हुने खालको माहोल मैले देखेँ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।