मंगलबार, वैशाख ८, २०८३

इतिहास रच्न नेपाललाई १६१ रनको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली क्रिकेटमा एक नयाँ इतिहास रच्नका लागि नेपालले १ सय ६१ रनको लक्ष्य पाएको छ। हालसम्म कुनै पनि फम्र्याटमा टेस्ट राष्ट्रलाई पराजित गर्न नसकेको नेपालले टेस्ट राष्ट्र जिम्बाब्वेलाई पराजित गरे इतिहास रच्ने छ। 

सिंगापुरमा जारी त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन जोडेको हो। खराब सुरुवात गरेको जिम्बाब्वेका लागि कप्तान सेन विलियम्सले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५३ रन बनाए। उनले टिनोटेन्डा मुटोम्बोजीसँग मिलेर ६० रनको साझेदारी गरे। मुटोम्बोजीले २० रनको योगदान दिए। 

यसअघि जिम्बाब्वे पाँच ओभरमा तीन विकेट गुमाएर मात्र ३८ रनको अवस्थामा थियो। पहिलो ओभरको चौथो बलमा ब्रियन चारी सन्दीप लामिछानेको बलमा एलबीडब्लु आउट हुँदै पेभेलियन फर्किएका थिए। चौथो ओभरमा रेगिस चकभा ६ रनमा सोमपाल कामीको बलमा बोल्ड आउट भए। त्यसपछि पाँचौ ओभरको अन्तिम बलमा सन्दीपले व्यक्तिगत दोस्रो विकेटको रुपमा पिटर मूरलाई २१ रनमा पेभेलियन फर्काउँदै जिम्बाब्वेलाई दबाबमा राखेका थिए। रायन ब्रुल २८ रनमा अविजित रहे। 

नेपालक लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। त्यस्तै कप्तान पारस खड्का र अविनास बोहराले समान एकएक विकेट लिए। नेपालले सिरिजको पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटको हार ब्यहोरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।