मंगलबार, वैशाख ८, २०८३

विश्वकप छनोट खेल्न नेपाली टोली अष्ट्रेलिया जाँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोली बुधबार अष्ट्रेलिया प्रस्थान गर्ने भएको छ। फिफा विश्वकप २०२२ अन्तर्गत एसिया छनोटको दोस्रो चरण खेल्न नेपाली टोली बुधबार दिउँसो त्यसतर्फ प्रस्थान गर्न लागेको हो। 

समूह ‘बी’मा रहेको नेपालले छनोट अन्र्तगत आफ्नो तेस्रो खेल बलियो टोली अष्ट्रेलियासँग खेल्न लागेको हो। नेपालले अष्ट्रेलियाविरुद्धको खेल असोज २३ गते खेल्ने छ। अष्ट्रेलियापछि नेपालले असोज २८ गते जोर्डनसँग खेल्नेछ।

अष्ट्रेलियासँग खेल्ने नेपाली टोलीको घोषणा मंगलबार नै भइसकेको छ। नेपालले छनोटका २ खेल खेल्दा ३ अंक जोडेर समूहको चौंथो स्थानमा रहेको छ। छनोटको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७–० को हार व्यहोर्दा दोस्रो खेलमा चाईनिज ताइपेलाई २–० ले पराजित गरेको थियो। 

यता अष्ट्रेलिया १ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ। अष्ट्रेलिया जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार विदाई गरेको छ। नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, उपाध्यक्ष पंकज नेम्बाङ लगायतले विदाई गरे। 

नेपाली टिम 

गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामाङ, अजित भण्डारी, सरोज दाहाल, देबेन्द्र तामाङ, सुमन अर्याल, रजिन धिमाल

मिडफिल्डर : विक्रम लामा, रोहित चन्द, सुनिल वल, सुजल श्रेष्ठ, हेमन गुरुङ, रवि पासवान, अन्जन विष्ट, सन्तोष तामाङ,विशाल राई, तेज तामाङ 

फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।